एमसिसी पास हुन्छ: प्रधानमन्त्री देउवा

एमसिसी पास हुन्छ: प्रधानमन्त्री देउवा

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पारित गरिने बताउनु भएको छ। बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि धनगढी पुगेका देउवाले शुक्रबार बिहान भएको पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै एमसिसी पास हुने बताउनु भयो ।

‘एमसिसी पास हुन्छ,’ प्रधानमन्त्री देउवाले भन्नु भयो, ‘यो ठूलो अनुदान हो, ऋण होइन।’ उहाँले एमसिसीबारे झुठा प्रचार भइरहेको पनि बताउनु भयो।

एमसिसी नेपालको कानुनभन्दा माथि नरहेको पनि यहाँको भनाइ थियो। नेपालकै कानुन अनुसार नै एमसिसी अगाडि बढ्ने उहाँले बताउनु भयो। ‘यो नेपालकै कानुनअनुसार हुन्छ। यति ठूलो अनुदान आएको छ तर त्यो पनि चाहिएन भन्छन् हद भइसक्यो,’  उहाँले भन्नु भयो।

यस्तै अर्ली इलेक्सनु बारे सोधिएको प्रश्नमा प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार रहेकोले गठबन्धनमा छलफलपछि मात्रै निर्णयमा पुग्न सकिने बताउनु भएको छ । प्रधानमन्त्री देउवाले बाढीपहिरो र डुबानपीडितलाई तत्काल उद्धार गरिने र राहत दिइने बताउनु भयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार