मुसिकोट नगर क्षेत्र प्रवेश गर्न दुई मुख्य नाकामा स्वास्थ्य सहायता केन्द्र

मुसिकोट नगर क्षेत्र प्रवेश गर्न दुई मुख्य नाकामा स्वास्थ्य सहायता केन्द्र

धनकुमार शाही /

चैत २८ रुकुम (पश्चिम)
जिल्लाको मुसीकोट नगरपालिकाले बिश्वभरी महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड –१९) को रोकथाम तथा नियन्त्रणको दायरालाई थप फराकिलो बनाउदै लिएको छ ।

नगर क्षेत्रमा रहेका बासिन्दाबाट भन्दापनि बाहिरबाट आउने ब्यक्तिको कारण कोरोना भाइरसको संक्रमण फैलिन सक्ने कुरालाई मध्यनजर गरि नोबेल कोरोना भाइरस (कोभिड –१९) को रोकथाम तथा नियन्त्रणको दायरालाई थप फराकिलो बनाउदै लिएको हो ।

रोकथाम तथा नियन्त्रणको दायरालाई थप फराकिलो बनाउदै लिने क्रममा नगरपालिकाले आफ्नो क्षेत्रमा प्रवेश गर्ने दुई वटा मुख्य नाकामा स्वास्थ्य सहायता केन्द्र स्थापना गरि नगरपालिकामा प्रवेश गर्नेहरुको स्वास्थ्य चेकजाँच गर्न थालेको छ ।

उत्तरतिर वडा नम्बर १ को छिङमा र दक्षिणतिर वडा नम्बर ११ को स्याउली बजारमा स्वास्थ्य सहायता केन्द्र स्थापना गरि बिहीबारदेखि नगरपालिकाभित्र प्रवेश गर्नेहरुको स्वास्थ्य चेकजाँच गर्न थालिएको हो । स्वास्थ्य सहायता केन्द्र स्थापनाको पहिलो दिन छिङमा ९ जनाको र स्याउली बजारमा १ सय ५ जनाको स्वास्थ्य चेकजाँच गरिएको बताइएको छ । यस अघि ११ स्थानमा स्वास्थ्य सहायता केन्द्र स्थापना गरिएको हो ।

स्वास्थ्य सहायता केन्द्रमा १ जना स्वास्थ्यकर्मी र १ जना नेपाल प्रहरी दैनिक बाहिरबाट प्रवेश गर्ने र स्वास्थ्य चेकजाँच गर्नेहरुको बिबरण नगरपालिकामा पेश गर्ने बताइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार