कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि

कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि

सर्लाहीका सिडिअ‍ोसहित तीन जना सुरक्षा अधिकारीलाई जिम्मेवारीबाट हटाइएको छ । कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखलाई जिम्मेवारीबाट हटाइएको हो ।

गृह मन्त्रालयका अनुसार प्रजिअ महतोलाई जिम्मेवारीबाट हटाएर बाबुराम खतिवडालाई सर्लाही पठाइएको छ । नेपाल प्रहरीले एसपी सन्तोषसिंह राठौरलाई हटाएर एसपी कृष्ण प्रसाईँलाई जिम्मा दिएको छ ।

सशस्त्र प्रहरी बलका प्रमुख एसपी गंगाराम श्रेष्ठलाई पनि जिम्मेवारीबाट हटाइएको छ । श्रेष्ठको ठाउँमा एसपी भरत खनियाँलाई पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार