आज एमालेको पालिका अधिवेशन हुँदै

आज एमालेको पालिका अधिवेशन हुँदै

नेकपा एमाले अधिवेशनको चटारोमा छ । नेकपा एमालेको आज पालिका अधिवेशन हुँदैछ । पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

पाटी केन्द्रीय कार्यालय थापाथलीबाट दिउँसो १ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेले ७५३ स्थानीय तहमा अधिवेशन गर्न लागेको हो । पालिकामा अधिवेशनले ५ सदस्यीय पदाधिरकारी चयन गर्नेछ । अध्यक्ष –१, उपाध्यक्ष–१, सचिव– १ र उप–सचिव –२ चुनिनेछन् ।

गाउँपालिका र नगरपालिकामा, ७५ उप–महानगरपालिकामा ८५ र महानगरपालिकामा १०१ सदस्यीय कमिटी चयन हुनेछ ।

एमालेले शनिबार मात्रै ६ हजार भन्दा बढी वडा अधिवेशन गरेको थियो । एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म दशौं राष्ट्रिय अधिवेशन गर्दैछ । सोही अधिवेशन अन्तर्गत वडा, पालिका अधिवेशन गरेको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार