राप्रपाको महाधिवेशन मंसिर ११ देखि १३ गतेसम्म हुने

राप्रपाको महाधिवेशन मंसिर ११ देखि १३ गतेसम्म हुने

फाइल तस्बीर ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय महाधिवेशन मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ।  राप्रपाले कात्तिक २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने भने पनि बिहीबार बसेको बैठकले मिति परिमार्जन गरेको हो। राप्रपाले सक्रिय सदस्य बनाउने अवधि कात्तिक १५ गतेसम्म बढाउनेसमेत निर्णय गरेको छ।

कात्तिक २६ देखि सक्रिय सदस्यको सूची जिल्लामा पठाउने तयारी राप्रपाको छ। मंसिर १ देखि ३ गतेभित्र महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुने राप्रपाले जनाएको छ।

साथै बैठकले सामाजिक कार्यपत्र बनाउनेलगायत समिति गठन गरेको छ। पशुपतिशम्शेर जवराको नेतृत्वमा सामाजिक कार्यपत्र तयारी समिति बनाइएको छ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार