एलएलबीको प्रवेश परिक्षाको नतिजा प्रकाशित

एलएलबीको प्रवेश परिक्षाको नतिजा प्रकाशित

कानुन संकायको एलएलबी तहका लागि लिइएको प्रवेश परिक्षाको नतिजा प्रकाशित गरिएको छ। नेपाल ल क्याम्पसका लागि ६ सय जनाको कोटामा २ हजार ४९ जना उत्तिर्ण भएका छन्। सय पुर्णााङ्कको परिक्षामा  कम्तिमा ४० अंक ल्याउने सबै उत्तिर्ण भएका हुन्। यद्यपी नतिजा मेरिट लिस्टका आधारमा प्रकाशित गरिएको छ। कम्तिमा ५१ अंक ल्याउने परिक्षार्थी शीर्ष ६ सय जनामा अँटाएका छन्।

नेपाल ल क्याम्पसका लागि मात्र करिब ६ हजार जनाले प्रवेश परिक्षा दिएका थिए। धरानको महेन्द्र बुहुमुखी क्याम्पस, नेपालगन्जको महेन्द्र बुहुमुखी क्याम्पस, राजविराजको महेन्द्र विन्देश्वरी क्याम्पस, बुटवलको बुटवल बहुमुखी क्याम्पस र विरगन्जको हरिखेतान बहुमुखी क्याम्पसका लागि लिइएको प्रवेश परिक्षाको पनि परिक्षाफल प्रकाशित गरिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार
Krishi Bikas Karyalaya

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार