पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार १३४ नमुनाको पीसीआर परीक्षणमा १२८ र १ हजार ७९८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी १३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने ३९६ जना निको भएका छन् ।

शनिबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार २३२ पुगेको छ । जसमध्ये ११ हजार ४३९ जनाको मृत्यु भएको छ भने ७ लाख ९४ हजार ८३४ जना संक्रमणमसक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये ७ हजार ५२४ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ६२० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९६ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार