विद्युत आयोजना निर्माणका लागि सिस्नेमा हेलिकोप्टर मार्फत सामान ढुवानी

विद्युत आयोजना निर्माणका लागि सिस्नेमा हेलिकोप्टर मार्फत सामान ढुवानी

रुकुमकोट । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले हेलिकोप्टरबाट सामान ढुवानी गरि विद्युत उत्पादन गर्न सुरु गरेको छ । । सडक सुचारु नभएको कारण पैदल मार्गबाट सामान ढुवानी हुन नसक्ने भएको कारण महङ्गो हवाई ढुवानी गरेर सामान हेलिकोप्टरबाट ओसारिएकाे हाे ।

गाउँपालिकाले वडा नम्बर १ मा निर्मानाधीन अवस्थामा रहेको पाखा ओराली लघु जलविद्युत आयोजनालाई पूर्णता दिन हेलिकोप्टरबाट सामान ढुवानी गरिएको छ ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर १ ओखे्रनामा गाउँपालिकाले ४६ किलोवाट क्षमताको जलविद्युत निर्माण गरिरहेको छ । आयोजना निर्माणको जिम्मा गोक्यो इन्जिनियरिङ कम्पनी लिमीटेड पाल्पाले लिएको छ । कम्पनीले २०७७ फागुनमा सिस्ने २ का दिपक विसीलाई आयोजना निर्माणको जिम्मा दिएको थियो ।

भौगोलिक विकटताका साथै सडक सुविधा नभएको उक्त ठाउँमा सामान पुर्याउन ल्याइएको पेनिस्टक पाइप, ट्रान्सफरमर लगाएतका अधिकांस सामान रुकुमकोटमा थुप्रीएका थिए । ति सामाग्रीलाई आयोजना स्थलसम्म पुर्याउन अन्य कुनै माध्यम नभएपछि सिम्रिक एरको हेलिकोप्टर प्रयोग गरिएको आयोजना निर्माणको जिम्मा पाएका दिपक विसीले बताउनुभयो । उहाँका अनुसार रुकुमकोटमा रहेका पेनिस्टकपाइप, ट्रान्सफरमर, ई.एल.सि. प्यानल, जेनेरेटर, टरवाइन, वेसफ्रेस, एक्पान्स ज्वाइन्ट, ज्वानड्रफ्टयूव टर्वाइन र भल्व लगायतका सामाग्रीहरु हेलिकप्टेर मार्फत आयोजना स्थलसम्म पुर्याइएको छ ।

केहि पोल तारहरु आयोजना स्थल नजिक राखिएका छन । बाँकी रहेका सामानहरु रुकुमकोटबाट ढुवानी गर्ने तयारि गरिएको छ । अबको डेढ महिना भित्र विद्युत गृहमा वत्ति बाल्ने र यसै आर्थिक वर्षभित्र १ नम्बर वडाभरि विद्युत बाल्ने गरि काम गरि रहेको विसीले बताउनुभयो ।

अहिलेसम्म आयोजनाको नहर बनाउने, केहि ठाउँमा पोल गाड्ने लगाएतका कामहरु सम्पन्न गरिएको उहाँले बताउनुभयो । गत आर्थिक वर्ष २०७७/७८ मा विद्युत आयोजना निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि कोरोना भाइरस कोभिड-१९ को महामारीका कारण काम प्रभावित भएको थियो ।

आयोजना निर्माणको लागि लुम्बिनी प्रदेश सरकारले १ करोड र सिस्ने गाउँपालिकाले १ करोड २० लाख गरि २ करोड २० लाख रुपैया छुट्याइएको छ । जसमा १ करोड २० लाख खर्च भएको छ, भने १ करोड खर्च हुन नसकेको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो । खर्च हुन नसकेको  बजेटलाई क्रमागत योजना मार्फत यस वर्ष पनि राखिएको छ ।

यस वर्ष जसरी भएपनि आयोजनालाई पूर्णतादिने र १ नम्बर वडाका जनतालाई विद्युतको पहुचँमा पुर्याउने गरि काम भइरहेको अध्यक्ष बरालले बताउनुभयो । उक्त आयोजनाको काम सम्पन्न भएमा सिस्ने १ का ३ सय ८२ घरधुरी विद्युतको पहुचमा पुग्ने छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार