बगंलादेशमा एक पत्रकारमा देखियो कोरोना संक्रमण

बगंलादेशमा एक पत्रकारमा देखियो कोरोना संक्रमण

एजेन्सी
बंगलादेशमा अर्का एक टेलिभिजन पत्रकारमा कोरोना संक्रमण भएको देखिएको छ।    योसँगै पत्रकारमा कोरोनाको संक्रमण पुष्टि भएको दोश्रोपटक हो।

 

एक निजी टेलिभिजन च्यानलका पत्रकारमा संक्रमण परिक्षण गरिएको हो। उनको अहिले ढाका स्थित कुर्मिटोला जनरल अस्पतालमा उपचार भइरहेको छ।

 

अस्पताल जानु अघि उनी ससुरालीमा स्वःएकान्तबासमा थिए। कोरोनाको लक्षण देखिएलगतै उनी अस्पताल पुगेका थिए। उनीसँगै उनका ससुरामा पनि कोरोना संक्रमण देखिएको थियो।

 

उनका एक सहकर्मीले ढाका ट्रिब्यूनलाई जनाए अनुसार उनी अन्तिम पटक अप्रिल ६ मा अफिस गएका थिए। यसअघि अप्रिल २ मा एक निजी न्यूज च्यानलका भिडियोग्राफरमा कोरोना देखिएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार