नेपाल प्रहरीका दश एसएसपी डीआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका दश एसएसपी डीआईजीमा बढुवा सिफारिस

चैत २९ काठमाडौ

गृह मन्त्रालयले शुक्रबार अबेर राति १० जना वरिष्ठ उपरीक्षकहरुलाई नायब महानिरीक्षकमा बढुवा सिफारिस गरेको छ । सरकारले नेपाल प्रहरीमा डीआईजीको दरबन्दी कटौतीको निर्णयसँगै बढुवा सिफारिस भएको हो ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितीले एसएसपीहरु  घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त,  ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धिरजप्रताप सिंह,  बसन्तकुमार लामा, रबिन्द्रबहादुर धानुक,  उत्तमराज सुवेदी  र अरुणकुमार बि.सी.लाई सिफारिस गरेकाे हाे ।

प्रहरीमा प्राविधिक सहित ३४ डीआईजी दरबन्दी रहेकाेमा कटौतीगर्दै २२ मात्रै कायम गर्ने निर्णय सरकारले गरेको हो । नयाँ दरबन्दी अनुसार प्राविधिक तर्फ ८ र जनपदमा १४ डीआईजी रहनेछन्।

प्रहरीमा नयाँ दरबन्दी अनुसार सात प्रदेश, प्रहरी महानिरीक्षकको सचिवालय, केन्द्रीय अनुसन्धान ब्युरो, प्रहरी प्रशिक्षण प्रतिष्ठान, लागूऔषध नियन्त्रण ब्युरो, महानगरीय प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सुरक्षा परिषदमा डीआईजी रहनेछन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार