मुसिकोटमा महिला संघको आयोजनामा चियापान कार्यक्रम

मुसिकोटमा महिला संघको आयोजनामा चियापान कार्यक्रम

मुसिकोट । नेपाल महिला संघ रुकुम पश्चिमको आयोजनामा मंगलबार विहान मुसिकोटमा चियापान  कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस रुकुम पश्चिमको सातौं जिल्ला अधिवेशनमा सहभागि क्षेत्रीय प्रतिनिधिको स्वागत र सम्मानमा चियापान कार्यक्रम गरिएको नेपाल महिला संघ रुकुम पश्चिमले जनाएको छ ।

नेपाल महिला संघ रुकुम पश्चिमकी अध्यक्ष मनिषा भण्डारीको अध्यक्ष एवं सचिब बालकुमारी गिरीले सञ्चालन गरेको चियापान कार्यक्रममा नेपाली कांग्रेस नेता तथा पूर्व राज्य मन्त्री गोपाल जि जंग शाह, पूर्व राज्य मन्त्री मिठु मल्ल, वर्तमान जिल्ला सभापति प्रेम प्रकाश ओली, पूर्व सभापति मानबहादुर नेपाली, वर्तमान कोषाध्यक्ष मोहविर खड्का, सचिब गोर्ख बहादुर खत्री, कांग्रेस नेता यामबहादुर केसी लगायतको आतिथ्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार