प्रेम प्रकाश ओलीको राजनीतिक यात्रा ……

प्रेम प्रकाश ओलीको राजनीतिक यात्रा ……

बिहिबार दिउँसो नेपाली काँग्रेस रुकुम पश्चिमको पार्टी सभापतिमा पुनः प्रेम प्रकाश ओली निर्विरोध निर्वाचित हुनुभएको छ । तत्कालिन जिल्ला विकास समितिका सभापति सहिद हरिभक्त ओलीका एक मात्र छोरा प्रेम प्रकाश यस अघि पनि २०७२ सालमा भएको छैठौ जिल्ला अधिवेशनबाट सभापतिमा विजयी हुनुभएको थियो ।

२०५५ साल माघ १ गते उहाँका बुवा हरिभक्त ओलीको तत्कालिन माओवादीद्धारा हत्या हुँदा प्रेम प्रकाश ओली २४ बर्षको हुनुहुन्थ्यो । २०४७ सालमा नेपाल बिद्यार्थी संघ चौरजहारी रुकुमको अध्यक्ष हुनुभएका ओली २०४८ सालमा नेपाल बिद्यार्थी संघ महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्ज इकाई समितिको सह सचिव भई सोही बर्ष स्वतन्त्र बिद्यार्थी युनियनको सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।

उहाँ २०५५ सालमा नेपाली काँग्रेस रुकुमको जिल्ला कार्य समितिको सदस्य पदमा मनोनित हुनुभएको थियो । नेपाली काग्रेसको २०५७ सालको दशौ महाधिवेशन देखि १३ औ महाधिवेशन सम्म निरन्तर महासमिति सदस्य हुनुभएका ओली २०५८ सालमा नेपाली काँग्रेस केन्द्रिय विभागको द्वन्द्व व्यवस्थापन तथा शान्ति प्रक्रिया विभागको सदस्य रुपमा रहेर काम गरिसक्नु भएको छ ।

ओलीले २०५८ सालमा नेपाली काँग्रेस जिल्ला तदर्थ समितिको उपसभापति भई २०५९ साल देखि २०६७ साल सम्म नेपाली काँग्रेसको जिल्ला सचिवको रुपमा जिम्मेवारी बहन गरिसक्नुभएको छ ।

उहाँ २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट रुकुम क्षेत्र नं. २ को उमेद्वार समेत रहनु भएको थियो । २०६५ सालमा पुनः नेपाली काँग्रेसको केन्द्रिय विभागको सदस्यका रुपमा जिम्मेवारी लिनुभएका ओलीले २०६८ सालमा नेपाली काँग्रेसको राप्ती अञ्चल समन्वय समितिको सदस्यका रुपमा समेत कार्य गरिसक्नुभएको छ ।

उहाँले विभिन्न सामाजिक गतिविधिहरुको नेतृत्वमा रहेर समेत कार्य गर्नुभएको छ । तत्कालिन टिम नेपाल नामक अन्तर्राट्रिय सस्थाद्धारा सञ्चालित चौरजहारी मिसन अस्पतालको अध्यक्ष भई चार बर्ष सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको हो ।

२०७२ साल फागुनमा भएको छैठौ जिल्ला अधिवेशनबाट पार्टी सभापति पदमा अत्याधिक मतका साथ सभापति पदमा विजयी हुनुभएका ओली यस पटक सातौ जिल्ला अधिवेशनबाट सर्वसम्मत सभापतिमा दोहिरिनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार