रुकुम पश्चिममा अर्थमन्त्री शर्माद्धारा दुध उद्योगको शिलान्यास

रुकुम पश्चिममा अर्थमन्त्री शर्माद्धारा दुध उद्योगको शिलान्यास

मुसिकोट । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १२ को चिसापानीमा दुध उद्योगकको शिलान्यास गर्नुभएको छ । आज शुक्रवार अर्थमन्त्री शर्माले जगमा इट्टा राखेर दुध उद्योगकको शिलान्यास गर्नुभएको छ ।

स्यार्पु पावर कम्पनी लिमिटेड अन्तर्गतको स्यार्पु कृषि कम्पनि लिमिटेडद्धारा २३ करोडको लागतमा निर्माण हुन लागेको उक्त उद्योगको शिलान्यास गर्नुहुदै अर्थमन्त्री शर्माले कृषि मार्फत आर्थिक गतिविधिलाई चलायमान बनाउन उद्योग सफल साबित हुने बताउनुभयो ।

‘कृषि उत्पादनलाई प्रोत्साहन गरिनुपर्छ’ अर्थमन्त्री शर्माले भन्नुभयो ‘उद्योग छिटै सञ्चालनमा आउनेछ र कृषकको हात हातमा पैसा जानेछ ।’ उहाँले हरेक किसानका घर घरमा उन्नत गाई र भैसी पालन हुने र उत्पादन भएको दुध प्रशोधन गरेर मुनाफा किसानलाई नै दिने बताउनुभयो ।

स्यार्पु पावर कम्पनीका प्रमुख प्रदिप ओलीले उद्योगमा प्रतिदिन ४० हजार लिटर दूध प्रशोधन गरिने लक्ष्य राखेको बताउनुभयो । उहाँले ३६ हजार लिटरको छुर्पि बनाएर बिदेश निर्यात गरिने र ४ हजार लिटरको फ्लेबर मिल्ड बनाएर बजारीकरण गरिने बताउनुभयो ।

भवन निर्माणको पहिलो चरणको काम गर्ने गरी गरी भवन निर्माणको ठेक्का पाएको हिमालयन कुवँर जेभीले ६ महिनामा भवन निर्माण सम्पन्न गर्ने जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार