माओवादी केन्द्र बाँफिकोटको अध्यक्षमा चन्द्रबहादुर

माओवादी केन्द्र बाँफिकोटको अध्यक्षमा चन्द्रबहादुर

मुसिकोट । गत शनिबार उ्द्घाटन भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको दोस्रो नगर सम्मेलन सोमबार सम्पन्न भएको छ । सम्मेलनबाट सर्वसम्मत चन्द्र बहादुर केसीको अध्यक्षतामा ५५ सदस्य पालिका समिति चयन भएको छ ।

जसको उपाध्यक्षमा नर बहादुर खत्री, झरणा शाही र शेर बहादुर विक, सचिव हर्कु मल्ल, सह-सचिव हरि चन्द र कोषाध्यक्षमा धन बहादुर खत्री रहनु भएको छ ।

यसअघि जिल्लाका पाँच वटा स्थानीय तहमा नेकपा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन भईसकेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार