काँग्रेस सभापति बाँठाद्धारा विद्युत आयोजनामा आर्थिक सहयोग

काँग्रेस सभापति बाँठाद्धारा विद्युत आयोजनामा आर्थिक सहयोग

मुसिकोट । नेपाली काँग्रेस बाँफिकोट गाउँपालिकाका सभापति जनककुमार बाँठाले बाँफिकोट गाउँपालिका वडा नं. २ मा रहेको थारकाट्नेमा रहेको छिप्राखोला लुघ जलविद्युत आयोजना मर्मतको लागि आर्थिक सहयोग गर्नुभएको छ ।

मंगलबार वसेको वडा कार्यसमितिको बैठकले आयोजनालाई सहयोगका लागि निर्णय पारित गर्दै ८ हजार रकम आयोजनालाई हस्तान्तरण गरेको हो ।

आर्थिक अभावका कारण आयोजना बिग्रेको समयमा समयमै मर्मत हुन नसक्दा समस्या हुने गरेको छ । मर्मतमा सानो सहयोग पुगोस भनि गाउँपालिका सभापति बाठाले आर्थिक सहयोग गरेको वडा कार्यसमिति सभापति प्रकाश खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सानो बिद्युत आयोजना र उपभोक्ता पनि समिति भएका कारण आयोजनामा समस्या आएको बेला मर्मतमा समस्या हुने गरेको छ ।

सभापति बाँठाले गर्नु भएको सहयोगले केहि राहात हुने वडा सभापति खत्रीको भनाई छ । त्यस्तै यो भन्दा पहिला पनि वडा न. २ जिपुका गोपाल खत्रीका छोराहरुको सहयोगका लागि पनि गाउँपालिका सभापतिले आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो । आज बिद्युत आयोजनाका प्रतिनिति कलबहादुर पौडेललाई रकम हस्तान्तरण गरिएको हो ।

त्यस्तै बैठकले टोल कार्यसमिति निर्माण गर्ने निर्णय पनि गरेको छ । वडा सभापति प्रकाश खत्रीको अध्यक्षतामा बसेको बैठकको संचालन वडा कार्यसमिति सचिव यामबहादुर खत्रीले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार