भूमे अस्पतालको जग्गा खरिदको लागि कांग्रेसले दियो ५२ हजार रुपैयाँ

भूमे अस्पतालको जग्गा खरिदको लागि कांग्रेसले दियो ५२ हजार रुपैयाँ

रुकुमकोट । रुकुम पूर्वमा नेपाली कांग्रेस भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङले भूमे अस्पतालको जग्गा खरिदको लागि आर्थिक सहयोग गरेको छ । शनिबार चुनबाङको गैरीगाउमा एक कार्यक्रमका बीच नेपाली कांग्रेस भूमे गाउँपालिका वडा नम्बर ९ ले ५२ हजार रुपैयाँ नगद  हस्तान्तरण गरेको छ ।

चुनबाङ स्वास्थ्य चौकी स्तरोन्नति भई पालिकास्तरिय अस्पतालमा परिणत हुँदै गर्दा अस्पतालको लागि आवश्यक जग्गा व्यवस्थापनमा आर्थिक अभाव खड्किरहेको बेला नेपाली कांग्रेस चुन्वाङ्ले आर्थिक सहयोग गरेको हो ।

सहयोग हस्तान्तरण गर्दै नेपाली कांग्रेस भूमे गाउँपालिका वडा नम्बर ९ का सभापति लिल बहादुर पुनले भन्नुभयो पार्टीगत तथा संस्थागत रुपमा हामीले सहयोगको जग बसालेका छौँ , उहाँले भन्नुभयो चुनबाङ भित्र कृयाशिल अन्य राजनैनिक दल तथा संघ संस्थाहरुलाई पनि यो अभियानमा इट्टाहरु थपिदिन अनुरोध गर्दछु ।

सहयोग हस्तान्तरण कार्यक्रममा आर्थिक र जग्गा व्यवस्थापन समितिका अध्यक्ष गण बहादुर पुन, माओवादी केन्द्र रुकुम (पूर्व) का सचिवालय सदस्य विनोद बुढा, नेपाली कांग्रेस रुकुम (पूर्व) प्रदेश सभा (ख) का सचीव कमल रोका मगर, नेपाली कांग्रेस भूमे गाउँपालिकाका उपसभापति प्रेम बहादुर पुन लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार