नापी कार्यालय रुकुमबाट ट्रेस नक्शा सेवा बन्द

नापी कार्यालय रुकुमबाट ट्रेस नक्शा सेवा बन्द

मुसिकोट । आज आईतबार देखि नापी कार्यालय रुकुम पश्चिमले ट्रेस नक्शा सेवा बन्द गरेको छ । बिभिन्न सरोकारवाला कार्यालय तथा व्यक्तिबाट माग भई आएका नक्शा र ट्रेस नक्शा उपलब्ध गराउँदै आएकोमा अब देखि ट्रेस नक्शा सेवा बन्द गरी नक्सा प्रिन्ट मात्र उपलब्ध गराउने कार्यालयले जनाएको छ ।

नापी कार्यालयका प्रमुख नापी अधिकृत संजय मानन्धरले जग्गा नाप जाँच तथा श्रेस्ता अध्यावधिक सम्बन्धि निर्देशिका, २०७३ को दफा ६६(६) बमोजिम ‘डिजिटल प्रविधिबाट सेवा प्रवाह भएका कार्यालयहरुबाट ट्रेस नक्शा उपलब्ध गराईने छैन’ भन्ने व्यबस्था गरेकोले आज देखि उक्त निर्णय कार्यान्वयन थालिएको हो ।

प्रमुख मानन्धरले नक्शा प्रिन्टबाट नै ट्रेस नक्शाको उद्धेश्य पुरा हुने भएकोले उक्त कार्य बन्द गरेको जानकारी दिनुभयो । उहाँले नक्शा प्रिन्टबाटै ट्रेस नक्शाको काम भैहाल्ने भएकोले सर्वसाधारणलाई थप आर्थिक भार नपार्ने र कार्यालय समेतलाई अनावश्यक कार्य बोझ कम गर्न उक्त निर्णय गरिएको बताउँनुभयो ।

कार्यालयले एक सूचना जारी गर्दै नक्शा ट्रेसको उद्धेश्य नक्शा प्रिन्टबाटै हुने भएकोले सेवाग्राहिलाई पर्ने आर्थिक भार, झन्झटलाई समेत न्यूनिकरण गर्न नक्शा ट्रेस सेवालाई बन्द गरेको जानकारी गराएको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार