कांग्रेसका प्रदेश कार्यसमितिलाई के छन् अधिकार?

कांग्रेसका प्रदेश कार्यसमितिलाई के छन् अधिकार?

नेपाली कांग्रेसले पहिलोपटक प्रदेशहरूमा पनि पार्टी संरचना गठन गरेको छ। विधान संशोधन गरेर संघीय संरचनामा पार्टीलाई ढाले पनि कांग्रेसले अहिलेसम्म प्रदेश संरचना बनाएको थिएन।

१४ औं महाधिवेशनका बेला भने कांग्रेसले सातै प्रदेशमा अधिवेशन सुरू गरेको छ। प्रदेश नम्बर २ बाहेक अरू ६ वटा प्रदेशमा अब कांग्रेसको प्रदेश कार्यसमिति तयार भएको छ।

कांग्रेसका प्रदेश कार्यसमितिले मुख्यतया समन्वयको काम गर्छ। प्रदेश भित्रका जिल्ला, प्रतिनिधि सभा, प्रदेश सभा, पालिका र वडा कार्यसमितिबीच समन्वय गर्दै पार्टी हितमा आवश्यक सहयोग र निर्देशन दिने काम प्रदेश कार्यसमितिको हो।

संघीय संसद, प्रदेश सभा र स्थानीय तह निर्वाचनमा समन्वय र निर्देशन दिने काम पनि प्रदेश कार्यसमितिलाई छ। क्रियाशील सदस्यको अभिलेख र नवीकरणको गरी केन्द्रमा पठाउने काम प्रदेशको हो।

कम्तिमा वर्षमा एकपटक प्रदेश सम्मेलनसमेत गर्नुपर्ने विधानले व्यवस्था गरेको छ। उम्मेदवारको नाम सिफारिस र आवश्यकता अनुसार निर्णय गर्ने अधिकार प्रदेश कार्यसमितिमा छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार