मुसिकोटमा जन्ति बोकेका बस दुर्घटना, ३५ जना घाईतेको उद्धार

मुसिकोटमा जन्ति बोकेका बस दुर्घटना, ३५ जना घाईतेको उद्धार

मुसिकोट । मुसिकोट नगरपालिकाको वडा नम्बर २ रातामाटामा सोमबार बेलुका जन्ति बोकेको बस दुर्घटना भएको छ ।

जिल्लाको बाँफिकोट गाउँपालिका २ पिपलबाट दुलहि लिएर मुसिकोट नगरपालिका वडा नम्बर १ घिमानेतर्फ फर्किरहेको ग १ ख २१०९ जन्ती बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक डेकेन्द्र शर्माले बताउनुभयो ।

दुर्घटनामा परेर घाईते भएका करिब ३५ जनाको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार घाईते मध्य दुई जनाको अवस्था गम्भिर रहेको छ । बसमा ४५ जना जन्ति सवार रहेकाे प्रहरीले उल्लेख गरेकाे छ ।
अहिले घाईतेहरुको उद्धार भैरहेको र केहिलाई जिल्ला अस्पताल सल्लेमा उपचारको लागि पुर्याईएको बताईएको छ । पानी परिरहेकोले उद्धारमा कठिनाई भैरहेको प्रहरीले जनाएको छ ।

बस सडकबाट १ सय मिटर तल खसेको बताईएको छ । घाईतेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरिरहेका छन् ।
घटनाको बिस्तृत विवरण आउन बाँकि रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार