सुरक्षाकर्मीलाई किसानले दुग्ध दिए

सुरक्षाकर्मीलाई किसानले दुग्ध दिए

चैत २९ दाङ
कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट आम सर्वसाधारणलाई सर्तकता अपनाउन रातदिन खटिने सरक्षाकर्मीलाई दाङको तुलसीपुरका किसानले दूध उपलब्ध गराएका छन् ।

शसस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरलाई ५० लिटर र ईलाका प्रहरी कार्यालय तुलसीपुरलाई १ सय १० लिटर दूध उपलब्ध गराएको राष्ट्रिय पशुपालक दूग्ध उत्पादन समाज नगरकमिटी तुलसीपुरका अध्यक्ष लोकराज डाँगीले जानकारी दिनुभयो ।

दिनरात नागरिकको सुरक्षामा खटिने सुरक्षाकर्मीले लकडाउनलाई पूर्णरुपमा पालना गराउन खेलेको भूमिकाको उच्च मूल्याकंन गर्दै उनीहरुको मनोवल बढाउन दूध उपलब्ध गराएको डाँगीले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार