वैवाहिक वर्षगाँठको अवसरमा विद्यार्थी र विद्यालयलाई सहयोग

वैवाहिक वर्षगाँठको अवसरमा विद्यार्थी र विद्यालयलाई सहयोग

मुसिकोट । रुकुम पश्चिमका एक दम्पत्तिले वैवाहिक वर्षगाँठको अवसरमा विद्यार्थी र विद्यालयलाई सहयोग गरेका छन ।

जिल्लाको त्रिवेणी गाँउपालिका वडा नम्बर ७ निवासी केशर खड्का र उहाँकी श्रीमती सरला राणा खड्काले विवाह कार्यक्रम कम खर्चमा गरे गत वर्ष अक्षय कोष स्थापना गरेका थिए ।

मंसिर २२ गते आफुले अध्ययन गरेको साधारण माध्यमिक विद्यालय मुरुडाँडामा एक कार्यक्रमका बिच उहाँहरुले अक्षयकोषबाट प्राप्त ब्याज र केहि रकम थप गरेर सहयोग प्रदान गर्नुभयो । उहाँहरुले गरिब तथा जेहेन्दार २० जना विद्यार्थीहरुलाई नगद, शैक्षिक सामाग्री र विद्यालयलाई समेत भौतिक सामाग्री हस्तान्तरण गर्नुभयो ।

सहयोग हस्तातरण कार्यक्रममा उहाँहरुले अरुलाई देखाउनको लागि भड्कीलो विवाह नगरेर विवाहको लागि छुट्याएको रकमले अक्षयकोष निर्माण गरेको बताउँनुभयो । विदेशी चलनको सिको गर्दै एनिभर्सरी, हनिमुन जस्ता नचाँहिदा काममा खर्च गर्ने चलनलाई निरुत्साहित पारेर सकारात्मक सन्देश दिन आफुले यस खालको काम गरेको केशर खड्काले जनाउनुभयो ।

आफुले शिक्षा आर्जन गरेको विद्यालय, आफुलाई बाटो देखाउने गुरुहरु र आफ्ना भाईबहिनीहरुसगँ विवाह वर्षगाँठ मनाउने उद्देश्यले सो अक्षयकोष निर्माण गरेको खड्काले प्रष्ट पार्नुभयो । उहाँले विद्यार्थीहरुलाई राम्रो कामको सिको गर्न अनुरोध समेत गर्नुभयो ।

२०६४ सालमा साधारण मा.वि. मुरुबाट एस.एल.सि उत्तिर्ण गर्नुभएका केशर गत वर्ष सुर्खेत निवासी सरला राणासगँ वैवाहिक जीवनमा बाँधिनभएको थियो । उहाँ अहिले नेपाल सरकारको अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार