देउवा प्यानलबाट केन्द्रीय सदस्यमा मानबहादुर नेपाली उम्मेदवार

देउवा प्यानलबाट केन्द्रीय सदस्यमा मानबहादुर नेपाली उम्मेदवार

काठमाडौं । नेपाली काँग्रेसका नेता मानबहादुर नेपाली रुकुम पश्चिममा इतिहास रच्ने उदेश्यले मैदानमा उत्रिएका छन् ।
नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत उनी प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको टिमबाट केन्द्रीय सदस्यमा उम्मेदवारी टुँगो लागेपछि उत्साहित भएका छन् ।

पार्टी भित्र महामन्त्री पूर्णबहादुर खड्का र कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीका बिश्वास पात्र नेपाली निष्ठाको राजनीति गर्ने ब्यक्ति हुन ।
राजनीति शास्त्रबाट बिए उत्तिर्ण गरेका नेता नेपाली पार्टी भित्र बौधिक नेताको रुपमा परिचित छन् ।

हालसम्म रुकुमबाट कुनैपनि नेता केन्द्रीय सदस्य बन्न सकेका छैनन् । नेता नेपाली दलित समुदायबाट पार्टी भित्र जिल्ला सभापति हुने पहिलो नेता हुन । उनी राष्टिय दलित आयोगका पूर्व अध्यक्षपनि हुन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार