महिला मानव अधिकार रक्षक सञ्जालको अध्यक्षमा पुन चयन

महिला मानव अधिकार रक्षक सञ्जालको अध्यक्षमा पुन चयन

मुसिकोट । महिला मानव अधिकार रक्षक संजाल रुकुम पश्चिमको अध्यक्षमा ब्युँझना पुन (देवकोटा) चयन हुनुभएको छ । मंगलबार मुसिकोटमा भएको संजालको ८औं वार्षिक साधारण सभाबाट पुनको अध्यक्षमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

संजालको उपाध्यक्षमा चन्द्री महतरा, सचिब अधिवक्ता रचना मल्ल, सहसचिव सुमित्रा घर्ती र कोषाध्यक्षमा खिमा डाँगी चयन हुनुभएको छ । संजालले विगत देखि रुकुम पश्चिममा महिला मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार