कांग्रेस महाधिवेशन : उपसभापति खड्का र गच्छदारको अग्रता कायमै

कांग्रेस महाधिवेशन : उपसभापति खड्का र गच्छदारको अग्रता कायमै

काठमाडौँ । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र विजय गच्छदारले अग्रता बढाएका छन् ।  ३५५८ मत गणना हुँदा खड्काले १६३४ मत पाएका छन् भने गच्छदारले १४४३ मत पाएका छन् । त्यस्तै धनराज गुरुङले १४३७ मत ल्याउँदा चन्द्र भण्डारीले १२५७ मत ल्याएका छन् ।

यस्तै महेश आचार्यले ४१३, सुजता कोइरालाले ४३८ र दिव्यश्वरी शाहले ११७ मत पाएका छन् । अहिले पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहेको छ ।

यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् । महेश आचार्य भने स्वतन्त्र उठेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार