कांग्रेस महाधिवेशन : सहमहामन्त्री पदकाे मतगणना सुरु

कांग्रेस महाधिवेशन : सहमहामन्त्री पदकाे मतगणना सुरु

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत केहीबेरअघि तीन सहमहामन्त्री पदको मतगणना सुरु भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार सहमहामन्त्री उम्मेदवारका ८ क्लस्टरमध्ये आज दलित, महिला र आदिवासी जनजातिको मतगणना सुरु भएकाे हाे ।

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार