कांग्रेस सहमहामन्त्री : आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी

कांग्रेस सहमहामन्त्री : आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी

काठमाडौं । कांग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे विजयी भएका छन् । प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामालाई ७९८ मतले पराजित गर्दै आङदेम्बे विजयी भएका हुन् ।

जम्मा ४६८१ मत खसेकोमा आङ्दाङ्वे २७११ मत ल्याए । उनका प्रतिद्वन्द्वी लामाले १९१३ मत ल्याए ।

कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ। त्यसमध्ये महामन्त्रीमध्ये बिहीबार महिला, दलित, आदिवासी जनजाति क्लस्टरको मतगणना भएको थियो।

बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस-आर्यको शुक्रबार मतगणना हुने निर्वाचन समितिले जनाएको छ। कांग्रेस पदाधिकारीमा अहिलेसम्म सभापति, उपसभापति र महामन्त्रीको परिणाम आइसकेको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार