कांग्रेस महिला केन्द्रीय सदस्यमा ३३५० भोट गणना गर्दा संग्रौला, भुसाल र राणा अगाडि

कांग्रेस महिला केन्द्रीय सदस्यमा ३३५० भोट गणना गर्दा संग्रौला, भुसाल र राणा अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा महिला खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ ।

हालसम्म ३३५० मतगणना भइसकेको छ । जसमा २०७९ मत ल्याउँदै डा. डिला संग्रौला पहिलो स्थानमा रहेकी छिन् । उनले केन्द्रीय सदस्य जित्ने निश्चित भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार दोस्रो नम्बरमा कांग्रेस सचेतक समेत रहेकी पुष्पा भुसाल रहेकी छिन् । भुसालले १९७५ मत प्राप्त गरेकी छन् ।

महिला खुलातर्फ १८५० मत ल्याउँदै डा. आरजु राणा देउवा तेस्रो स्थानमा रहेकी छन् । उनी पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको पत्नि हुन् । यता, १६७७ मतसहित अम्बिका बस्नेत चौथो, १६२७ मत सहित इश्वरी न्यौपाने पाँचौ तथा १५१० मत सहित सरिता प्रसाईं छैटौँ स्थानमा छन् ।

सातौँ स्थानमा १३५५ मतका साथ रमा कोइराला, १३०६ मतमका साथ आठौँ स्थानमा शुशिला ढकाल र १३०८ मतका साथ रङमती शाही नवौँ स्थानमा रहेकी छन् ।

कांग्रेस विधान अनुसार खुला महिलातर्फ ९ जना केन्द्रीय सदस्य बन्नेछन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार