नेपाल निजामती कर्मचारी संगठन रुकुम पश्चिमको अध्यक्षमा शाह चयन

नेपाल निजामती कर्मचारी संगठन रुकुम पश्चिमको अध्यक्षमा शाह चयन

मुसिकोट । नेपाल निजामती कर्मचारी संगठन रुकुम पश्चिमको जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिबेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ ।

मंगलबार मुसीकोटमा भएको संगठनको ११ औं जिल्ला अधिवेशनबाट खिमप्रकाश शाहको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला समिति चयन गरिएको हो ।

संगठनको उपाध्यक्षमा पुष्पराज ओली र हृदयकली पौडेल, सचिव उदिराम रोका र सह सचिव गोवर्धन बुढा र कोषाध्यक्षमा उषा भट्टराई चयन हुनुभएको नवनिचित अध्यक्ष शाहले जानकारी दिनुभयो ।

अधिवेशनको संगठनका केन्द्रीय सह-सयोजक लेखनाथ कोइरालाले उद्घाटन गर्नुभएको थियो । यसका साथै अधिवेशनमा संगठनका केन्द्रिय सचिवालय सदस्य भवानी दाहाल, संगठनका कर्णाली प्रदेश ईन्चार्ज प्रयागराज शर्मा, केन्द्रिय सदस्यहरु तुलाराम गिरि, दिपक खड्का , प्रकाश खड्का , नेकपा एमाले कर्णाली प्रदेश कमिटिका सदस्य टंक ओली, नारायणकुमार शाह, नन्दराम देवकोटा लगायतको आतिथ्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार