कांग्रेस केन्द्रीय सदस्यमा मानबहादुर नेपाली निर्वाचित

कांग्रेस केन्द्रीय सदस्यमा मानबहादुर नेपाली निर्वाचित

केन्द्रीय सदस्य मानबहादुर नेपाली

काठमाडौँ । नेपाली कांग्रेसको दलित कलष्टरतर्फ केन्द्रीय सदस्य पदमा मानबहादुर नेपाली निर्वाचित भएका छन्। बुधबार बेलुका आएको मतपरिणामअनुसार नेपालीले २२९० मत ल्याएका छन्।

यस्तै नेपाली सहित प्रकाश रसाईली स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित भएका हुन् । पाँच जना निर्वाचित भएकोमा चार जना शेरबहादुर देउवा पक्षका हुन् भने प्रकाश रसाईली स्नेही शेखर कोइराला पक्षका मानिन्छन्।

नेपाली दलित समुदायबाट नेपाली कांग्रेस भित्र जिल्ला पार्टी सभापति हुने नेपालकै पहिलो नेता हुन्।  राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्षसमेत रहेका नेपाली माओवादीको उद्गमस्थल रूकुममा ज्यानको बाजी थापेर कांग्रेसको बिउ जोगाएको बताउँछन्। ‘हामीलाई ज्यान मार्ने र सफायाका धम्कि कति आए कति,’ उनले भने, ‘तर, हामी बिपीको निष्ठा र आदर्शबाट कहिलै बिचचिल भएनौं।’ रूकुममा मात्रै आस्थाका आधारमा कांग्रेसका ८४ नेता कार्यकर्ताको हत्या भएको भन्दै उनले आफूले जित्दै गर्दा ती सबैको त्यागलाई सम्मान गर्ने नेपालीले बताए।

‘जति मास्न खोजिएपछि प्रजातन्त्र कहिलै मासिएन बरू आज कांग्रेस मास्छौं भन्नेलाई कांग्रेसले अस्तित्व जोगाइदिनुपर्ने  अवस्थामा आएको छ,’ नेता नेपालीले भने, ‘म अब त्यसैगरी पार्टी भित्र सामाजिक, सांस्कृतिक र आर्थिक उत्पिडनमा परेकाको आवाज बुलन्द पार्ने अभियानमा लाग्नेछु।’

रूकुम जस्तो विकट भूमिबाट आफूले कांग्रेस आन्दोलनमा लाग्दा र दलित आन्दोलनको नेतृत्व गर्दा कयौं चुनौतिको सामना गर्नुपरेको स्मरण गरे।

उनले भविस्यमा पनि ग्रामिण भेगका उत्पीडित समुदाय, गरिब बर्गको उत्थानको लागि केन्द्रीय सदस्यको हैसियतले निरन्तर आवाज उठाइ रहने बताए।

बिपीले परिकल्पना गरेको समतामुलक समाज निर्माण गर्न,  समाजवादीको अवधारणा ब्यवहारिक रूपमा लागू गर्न तथा दलित समुदायको भबिस्य स्थापित गराउन खरो रूपमा उत्रने नेपालीले जोड दिए।

‘नेपाली कांग्रेसमा दलित किन लाग्ने? भन्ने भ्रम कम्युनिष्टले फैलाउने गरेका छन्,’  नेता नेपालीले भने, ‘बिपीका सपना ब्यवहारिक रूपमा लागू भए कांग्रेस जत्तिकै राम्रो पार्टी दलित र उत्पीडनमा परेका समुदायका लागि अरू कुनै छैन।’

त्यस्ता वर्गको उत्थानका लागि नीति निर्माण र अधिकार स्थापित गराउने कार्यमा भविस्यमा पनि काम गर्ने नेता नेपालीले वाचा गरे । ‘पछाडि पारिएको समुदायलाई बाटो देखाउने मेरो हर प्रयास रहने छ,’ उनले भने, ‘जातीय, क्षेत्रीय उत्पीडनमा परेकाका लागि पार्टी भित्रै न्याय स्थापित गर्न म लागिपर्नेछु।’

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार