अब निजी अस्पतालले कोभिडविरुद्धको खोप केन्द्र सञ्चालन गर्न पाउने

अब निजी अस्पतालले कोभिडविरुद्धको खोप केन्द्र सञ्चालन गर्न पाउने

सरकारले अब निजी अस्पतालहरूबाट पनि कोभिड १९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै मेडिकल कलेज तथा निजी अस्पतालहरूबाट पनि १८ वर्षमाथिका नागरिकलाई खोप दिइने जानकारी गराएको हो ।

पचास बेड भन्दा बढी क्षमता भएका अस्पतालहरूले खोप केन्द्र सञ्चालन गर्न पाउनेछन् । देशभरिका ५० बेडभन्दा बढी क्षमता भएका अस्पतालहरूबाट निशुल्क खोप दिइनेछ ।

मन्त्रालयले आफूलाई पायक पर्ने अस्पतालबाट बिहान ९ बजेदेखि बेलुका ५ बजेस्म खोप लगाउन आग्रह गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार