उद्धारका लागि नगरपालिकाले पठायो बस

उद्धारका लागि नगरपालिकाले पठायो बस

रासस

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मोरङको टाँडीमा निर्माण गरिएको क्वारेन्टिनमा रहेका सर्वसाधारणलाई उद्धार गर्न सवारी साधन पठाएको छ ।

भारतका विभिन्न स्थानमा काम गरेर घर फर्कने क्रममा गएको ११ चैत देखि सूर्यदल गणले तयार पारेको क्वारेन्टिनमा राखिएका हलेसीका १८ जनालाई गाउँसम्म ल्याउन नगरपालिकाले बस पठाएको हो ।

क्वारेन्टिनमा राखिएका नगरबासीको नमूना परीक्षण कोरोना भाइरसको सङ्क्रमण नभएको पुष्टि भएपछि घरसम्म ल्याउन सवारी साधन पठाइएको नगरप्रमुख इवन राईले बताए । टाँडीको क्वारेन्टिनमा १७ दिन बसेर घर फर्कनेमा वडा नम्बर–८ धितुङका छ जना, वडा नम्बर–४ बडहरेका छ, वडा नम्बर–५ दुर्छिमका तीन र वडा नम्बरा–६ मङ्गलटारका तीन जना छन् ।

ज्याला मजदुरीको काम गरेर फर्कनेक्रममा बाटैमा क्वारेन्टिनमा राखिएका उनीहरुलाई अन्यको सम्पर्कमा पुग्न नदिइ सिधै होम क्वारेन्टिनमा पु¥याउने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । अहिलेसम्म खोटाङमा क्वारेन्टिन बस्नेको सङ्ख्या २४ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार