माओवादी केन्द्रकाे केन्द्रीय सदस्यमा रुकुम पूर्व र पश्चिमबाट दश जना चयन

माओवादी केन्द्रकाे केन्द्रीय सदस्यमा रुकुम पूर्व र पश्चिमबाट दश जना चयन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले खुलातर्फबाट केन्द्रीय सदस्यमा १११ जना निर्वाचित गरेको छ । आइतबार प्रज्ञा भवन कमलादीमा अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले खुलातर्फ १११ जनाको नाम घोषणा गरेका हुन् । माओवादीले २९९ केन्द्रीय सदस्यमध्ये खुलातर्फबाट १४५ जना निर्वाचित गर्ने विधानमा व्यवस्था गरेको छ । तर प्रचण्डले १११ जनाको नाम घोषणा गर्दै बाँकी ३४ जना पछि चयन गरिने बताए ।
यस्तै रुकुम पश्चिमबाट जनार्दन शर्मा, राजकुमार शर्मा, बसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन सर्वसम्मत चयन हुुनुभएको छ । गौतम र पुन केन्द्रिय समितिमा नयाँ हुनुहुन्छ भने जनार्दन, राजकुमार र बसन्त यस अघि पनि केन्द्रिय समितिमा हुनुहुन्थ्यो ।

त्यसैगरी रुकुम पूर्वबाट गणेशमान पुन, दलजित शेर्पाली, कमला रोका, तेजबहादुर ओली र सुबोधराज शेर्पाली चयन हुनुभएको छ । उहाँहरु मध्य सुबोध केन्द्रिय कमिटिमा नयाँ हुनुहुन्छ । माओवादीले पदाधिकारी चयन भने भोली गर्ने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार