महामन्त्री रोकायलाई मुसिकोटमा स्वागत तथा सम्मान

महामन्त्री रोकायलाई मुसिकोटमा स्वागत तथा सम्मान

मुसिकोट । नेपाली कांग्रेस मुसिकोट नगर कार्यसमितिले पार्टीको कर्णाली प्रदेशका महामन्त्री पदमा निर्वाचित कृष्णबहादुर रोकायलाइ स्वागत तथा सम्मान गरेको छ ।

रुकुम पश्चिम निवासी महामन्त्री रोकायलाई हिजो शुक्रबार एक औपचारिक कार्यक्रमका बिच स्वागत तथा सम्मान गरिएको नगर सचिव सुर्य प्रकाश अधिकारीले बताउनुभयो ।

महामन्त्री रोकायसँगै प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ का सभापति महेन्द्र केसीलाई पनि बधाई तथा सम्मान गरिएको हो ।

मुसिकोट नगर सभापति प्रेमबहादुर ओलीको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा नेपाली काँग्रेसका कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकायको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सह सचिव यज्ञबहादुर विष्ट, प्रदेश ‘क’ का सभापति महेन्द्र केसी, महासमिति सदस्य यज्ञबहादुर परियार, महाधिवेशन प्रतिनिधी लालबहादुर महत, नेता समिरजंग मल्ल, नेपाल दलित संघका सभापति प्रविर ददेल लगायतको आथित्यता रहेको सचिव अधिकारीले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार