कोभिडको तेस्रो लहर सामना गर्ने तयारीमा लाग्न कर्णालीका मुख्यमन्त्रीको निर्देशन

कोभिडको तेस्रो लहर सामना गर्ने तयारीमा लाग्न कर्णालीका मुख्यमन्त्रीको निर्देशन

सरूवा रोग अस्पताल निर्माण हुने स्थानको अवलोकन गर्दै मुख्यमन्त्री शाही। तस्बिरः मुख्यमन्त्रीको निजी सचिवालय

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कोरोनाको तेस्रो लहर रोकथामका लागि पूर्वतयारीमा लाग्न सरोकारवालाहरुलाई निर्देशन दिएका छन्।

जनशक्ति व्यवस्थापनमा सरकारले आफ्नो तर्फबाट तयारी गरिरहेको भन्दै उनले स्थानीय तह र स्वास्थ्य संस्थाहरुलाई कोरोनाको तेस्रो लहर रोकथामका लागि आफ्नो तर्फबाट पूर्वतयारीमा लाग्न मुख्यमन्त्री शाहीले निर्देशन दिएका हुन्।

‘कोरोनाको सम्भाभावित तेस्रो लहरको सामना गर्नका लागि सरोकारवाला सबै निकाय तयारी अवस्थामा रहनुपर्छ,’ मुख्यमन्त्री शाहीले भने, ‘तीन तहका सरकारबीच सहकार्य र समन्वय गरेर संभावित महामारीलाई रोक्न पहल गर्नुपर्छ ।’

सुर्खेतसहित सल्यान, जाजरकोट, रुकुम र डोल्पामा अक्सिजन अभाव हुन नदिनका लागि मेहलकुनामा प्रदेशकै ठूलो अक्सिजन प्लान्ट स्थापना गरिएको उनले बताए ।

कर्णाली प्रदेशको राजधानी प्रवेशद्वार सुर्खेतको भेरीगंगा नगरपालिकाको छिन्चुमा ५० बेडको सरुवा रोग अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढेकोले यसले पनि सम्भावित तेस्रो लहरको सामना गर्न सघाउ पुग्ने मुख्यमन्त्री शाहीले बताए।

अब कर्णाली प्रदेशमा अक्सिजन अभाव नहुने दाबी मुख्यमन्त्री शाहीको छ। ‘सुर्खेतसहित रूकुम पश्चिम, दैलेख, कालिकोटलगायतका जिल्लामा अक्सिजन प्लान्ट स्थापना गरिएका छन्, पूर्णता नपाएको प्लान्टले अब केही दिनमै पाउँछन्,’ उनले भने, ‘यसरी हामीले गरेको तयारी र लगानीले कर्णालमा अक्सिजन अभाव हुने अवस्था आउँदैन ।’

कर्णाली प्रदेशमा भित्रिने मुख्य नाकामा कोरोना परीक्षण गरेर मात्र भित्र्याईने उनले बताए। यसका लागि सर्खेतको पश्चिम नाका कुईनेमा अस्पताल सञ्चालनमा रहेको उनले बताए । बबईबाट आउनेहरुका लागि छिन्चुमा क्वारेन्टाइन बनाउन लागिएको मुख्यमन्त्री शाहीले बताए ।

अर्को नाका सल्यानको कपुरकोटमा पनि यसका लागि आवश्यक तयारी थालिएको उनले बताए। सेतोपाटी

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार