नन्दराम देवकोटा एमाले रुकुम पश्चिमको अध्यक्षमा चयन

नन्दराम देवकोटा एमाले रुकुम पश्चिमको अध्यक्षमा चयन

मुसीकोट । नेकपा एमाले रुकुम पश्चिमको अधिवेशनबाट  जिल्ला अध्यक्षमा नन्दराम देवकोटा सर्वसम्मत निर्वाचित हुनुभएको छ । एमाले रुकुम पश्चिमको आठौँ जिल्ला अधिवेशनबाट देवकोटालाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । 

शुक्रबारबाट जारी आठौँ जिल्ला अधिवेशनले बिभिन्न चरणको छलफल पश्चात आज देवकोटाको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी पदाधिकारी चयन गरेको हो ।

एमाले निकट अनेरास्ववियु जिल्ला अध्यक्ष प्रकाश खड्काका अनुसार उपाध्यक्षमा मनवीर घर्ती र सचिवमा शशिराम नेपाली चयन हुनुभएको छ । त्यसैगरी उपसचिवमा रचना मल्ल ओली र गणेश सुनार चयन हुनुभएको छ ।

यस्तै नव निर्वाचित पदाधिकारी तथा जिल्ला कमिटीका सदस्यको सपथ ग्रहण सोमबार (भोलि) बिहान ९ बजे एमाले पार्टी कार्यालयमा हुने जानकारी दिइएको छ । अधिवेशनले जिल्ला कमिटीका अरु सदस्य पनि छनौट गरेको छैन ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार