मालपोतको समस्या केहि दिनमै समाधान हुन्छ : प्रजिअ घिमिरे

मालपोतको समस्या केहि दिनमै समाधान हुन्छ : प्रजिअ घिमिरे

प्रजिअ घिमिरेलाई ज्ञापनपत्र बुझाउदै

मुसिकोट । रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले मालपोत कार्यालय रुकुम पश्चिममा केहि समय यता भएको अनियमित सेवा प्रवाह केहि दिनमै समाधान हुने बताउनुभएको छ । आज लेखापढी कानून व्यवसायी एशोसियसन रुकुम पश्चिमले बुझाएको ध्यानाकर्षण पत्र बुझ्नुहुदै प्रजिअ घिमिरेले यस्तो बताउनुभएको हो ।

लेखापढी कानून व्यवसायी एशोसियसन रुकुम पश्चिमले आज प्रमुख जिल्ला अधिकारी मार्फत भूमि व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई एक ध्यानाकर्षण पत्र बुझाएको हो ।

एशोसिययनका अध्यक्ष भिमबहादुर खड्का सहित लेखापढी कानून व्यवसायी र सेवाग्राहि समेतले प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले मालपोतमा सुरु गरिएको अनलाईन सेवा प्रभावकारी नभई सेवाग्राहिले सास्ती पाएको भन्दै सुधारको माग गरेर ध्यानाकर्षण गराएका हुन् ।

चालु आर्थिक वर्षको साउन महिना देखि मालपोत कार्यालय रुकुम पश्चिमले अनलाईन सेवा सुरु गरेको थियो । तर, कहिने नेट नचल्ने, कहिने बत्ति नहुने र कामका लागि आएका सेवाग्राहिहरु हप्ता दिनसम्म कार्यालय धाउनुपर्ने बाध्यता रहेको जनाउँदै एशोसियशनका अध्यक्ष खड्काले पाँच बुदे ध्यानाकर्षण पत्र बुझाईएको उल्लेख गर्नुभयो ।

ध्यानाकर्षण पत्रमा निमित्त कार्यालय प्रमुख हुँदा सेवा प्रवाहमा समस्या भएको भन्दै यथासिघ्र कार्यालय प्रमुखमो माग गरिएको छ ।

त्यसैगरी ध्यानाकर्षण पत्रमा कार्यालय समयमा निमित्त प्रमुखले मादक पदार्थ सेवन गरी सेवाग्राहिलाई दुख दिएको, अपशब्द र दुव्र्यवहार गर्ने गरेको, निजामती कर्मचारीको आचारसंहिता विपरितका गतिबिधिहरु गरिरहेको भन्दै नियमित अनुगमन गरेर आवश्यक कारबाहिको समेत माग गरिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार