कर्णालीका दशवटै जिल्लामा कोभिड विशेष एम्बुलेन्स सेवा सुरु गरिने

कर्णालीका दशवटै जिल्लामा कोभिड विशेष एम्बुलेन्स सेवा सुरु गरिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशभर कोभिड विशेष एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । प्रदेशका दशवटै जिल्लामा एम्बुलेन्स तयारी अवस्थामा राख्न मुख्यमन्त्री जीबनबहादुर शाहीले मातहतका निकायलाई निर्देशन दिएका हुन् ।

प्रदेश विपद् व्यवस्थापन समितिको वैठकपछि उनले तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै प्रत्येक जिल्लामा एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन् । यसका लागि प्रदेश सरकारले तत्काल एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाउने निर्णय पनि विपद व्यवस्थापन समितिको वैठकले गरेको छ ।

वैठकले छिन्चुमा होल्डिङ सेन्टर बनाउने, भारतसहित तेस्रो मुलुकबाट कर्णाली भित्रिनेहरुको अनिवार्य एन्टिजेन परिक्षण गर्ने निर्णय गरेको छ । वैठकले प्रदेश सरकारले आफ्नो तर्फबाट गर्न सक्ने कामहरु तत्काल सुरु गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, बाहिरी मुलुकबाट आउने कर्णालीका नागरिकमध्ये सडक पुर्वाधार पुगेका जिल्लाका भए सम्बन्धित जिल्लामा पु¥याउने र सडक नपुगेको ठाउ“का भए होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गरिने बताईएको छ ।

यस्तै कर्णाली प्रदेश सरकारले कोभिड नियन्त्रण कार्यमा खटिनेहरुलाई मात्र जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार