कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। बुधबार मेडिसिटी अस्पतालमा पिसीआर परीक्षण गर्दा शर्मालाई पोजेटिभ देखिएको हो।

उहाँलाई यसअघि पनि कोरोना संक्रमण भएको थियो। महामन्त्री शर्माले आठ महिनापछि आफूसहित परिवारका सदस्यलाई फेरि कोरोना संक्रमण भएको बताउनु भएको छ ।

उहाँले सार्वजनिक कार्यक्रमहरूमा सतर्कता नराख्दा आफूलाई कोरोना संक्रमण भएको भन्दै आत्मआलोचनासमेत गर्नुभएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार