त्रिविका परीक्षा अनिश्चितकालका लागि स्थगित

त्रिविका परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएका छन् ।  परीक्षा नियन्त्रण कार्यालय बल्खुले बिहीबार सूचना जरी गर्दै यही माघ ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि हाल चलिरहेका परीक्षा स्थगित हुने जनाएको छ ।

कोरोनाको ओमिक्रोन भेरियन्टको तीब्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापक समेत संक्रमित भएका कारण परीक्षा स्थगित गर्नुपरेको त्रिविले जनाएको छ ।

बिहीबार बसेको परीक्षा सञ्चालक समितिको बैठकले त्रिविद्वारा सञ्चालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार