बेहुली लिन हिँडेको रथ पल्टिँदा दुई जनाको मृत्यु

बेहुली लिन हिँडेको रथ पल्टिँदा दुई जनाको मृत्यु

 

काठमाडौँ । बारामा बेहुली लिन हिँडेको रथ पल्टिँदा बारामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १४ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका ३ की १५ वर्षीया निलमकुमारी राम र सिम्रौनगढ नगरपालिका ७ की २३ वर्षीया शैलकुमारी राम रहेका छन ।

सोमबार बेलुका साढे ७ बजे रथ बनाइएको गाडी अनियन्त्रित भएर पल्टेको थियो। आदर्श कोटवाल गाउँपालिका(३ बाट जन्ती बोकेर बेहुलीको घर हिँड्ने क्रममा गाडी अनियन्त्रित भएर पल्टेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

यस्तै दुर्घटनाका घाइते १४ जनाको बारा र पर्साका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार