खोप नलगाएका रुकुम पश्चिमका एक कोरोना सक्रमितको मृत्यु

खोप नलगाएका रुकुम पश्चिमका एक कोरोना सक्रमितको मृत्यु

फाइल फोटो

रुकुम पश्चिमका एक जना कोरोना सक्रमितको बाँकेको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ६ का ६५ वर्षीय पुरुषको कोरोना सक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार माघ १५ गते भेरी अस्पतालमा पीसीआर गरिएका उहाँँलाई १६ गते कोभिड वार्डमा भर्ना गरिएको थियो । उहाँको आज मृत्यु भएको हो ।

कोभिडविरुद्धको कुनै पनि खोप नलगाएका कारण उहाँको अवस्था गम्भीर भएको अस्पतालको भनाई छ । स्वास्थ्यमा सुधार नआएपछि मृत्युभएको चिकित्सकले जनाएको फोकल पर्सन ओलीले बताउनुभयो ।

पछिल्लो समय सिकिस्त हुने तथा मृत्यु हुनेमा अधिकांश कोरोनाको कुनैपनि खोप नलगाएका संक्रमितहरु बढी रहेको उहाँले बताउनुभयो । सोही कारण सबैलाई कोरोनाका खोपहरु लगाउन पटक पटक आग्रह गर्दैआएको पनि ओलीले बताउनुभयो ।

जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेकाअनुसार अहिलेसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका स्थानीय वासिन्दामध्ये ३४६ जनाको कोभिडबाट मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार