त्रिवेणी गाउँपालिका वडा नम्बर ३ को नयाँ भवन बन्दै

त्रिवेणी गाउँपालिका वडा नम्बर ३ को नयाँ भवन बन्दै

निर्माण भइरहेको वडा कार्यालयको भवन

मुसीकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ को नयाँ भवन निर्माण भइरहेको छ । लामो सम्म विद्यालयको पुरानो भवनबाट वडा कार्यालयको दैनिक कामकाज सञ्चालन हुँदै आएको थियो ।

मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १० लाख ७० हजार लागतमा वडाको भवन बन्न लागेको वडा अध्यक्ष मोहन ओलीले जानकारी दिनुभयो ।  उहाँका अनुसार ४ कोठे भुकम्प प्रतिरोधि भवन बन्न लागेको हो । 

आफ्नै भवन निर्माण सँगै वडावासी समेत हर्षित भएका छन् । ‘हामीसँग आफ्नै भवन छैन, ‘वडा अध्यक्ष ओलीले भन्नुभयो, ‘विद्यालयको भवनबाट वडाको कामकाज सञ्चालन हुँदै आएको थियो, अब आफ्नै भवन बनेपछि सहज हुन्छ ।’

वडा कार्यालयको आफ्नै भवन बनेपछि वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधामा सहजता हुने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार