कोभिड संक्रमणले एकैदिनमा १६ जनाको मृत्यु, २५ सय संक्रमित थपिए

कोभिड संक्रमणले एकैदिनमा १६ जनाको मृत्यु, २५ सय संक्रमित थपिए

कोरोनाभाइरस संक्रमणको कारण पछिल्लो २४ घण्टामा मुलुकमा १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार २५२६ जना संक्रमित थपिएका छन् भने ८४२५ जना डिस्चार्ज भएका छन् ।

११ हजार ७३ नमुना परीक्षण गर्दा ती संक्रमित पुष्टि भएका हुन् । सक्रिय संक्रमित संख्या ५६ हजार ४५७ रहेको छ ।

सोही अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लामा ७४५ जना संक्रमित थपिएका छन् जसमध्ये काठमाडौंमा ५७०, ललितपुरमा १२० र भक्तपुरमा ५५ जना संक्रमित थपिएका छन् ।

एकैदिनमा ५ लाख १३ हजार ५१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या १५ छ भने २०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या १९ रहेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार