आइतबारदेखि रुकुममा विद्यालय खुल्ने

आइतबारदेखि रुकुममा विद्यालय खुल्ने

जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक ।

मुसिकोट । कोरोना सक्रमित घटेसँगै  रुकुम पश्चिममा आईतबार बाट बिद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय खुल्ने भएका छन् । कोरोना संक्रमणको कारण बन्द गरिएका जिल्लाका सबै बिद्यालयहरु फागुन १ गतेबाट खुल्ने भएका हुन् ।

बिहिबार सम्पन्न जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को बैठकले बन्द अवस्थामा रहेका बिद्यालयहरुमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार बिद्यालय सञ्चालन गर्दा १२ बर्ष पुरा भएका बिद्यार्थीको हकमा नियमित रुपमा र १२ बर्षमूनिका बिद्यार्थीको हकमा आलोपालो कक्षा सञ्चालन गनुपर्नेछ ।

बैठकले २५ जना भन्दा बढीको उपस्थितीमा बिभिन्न कार्यक्रम गर्न नपाउँने, सार्वजनिक सेवा लिदा वा यात्रा गर्दा अनिवार्य रुपमा कोरोना बिरुद्धको खोप कार्ड वा मोवाईलमा खोप कार्डको फोटो अनिवार्य गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले खेलकुद प्रतियोगिता गर्दा कुल दर्शक क्षमताको ५० प्रतिशत दर्शक राख्न पाईने छ । बैक तथा बित्तिय सेवा लगायत अन्य जनसेवाका कार्यहरु गर्दा जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य पालना गर्नुपर्ने निर्णय गरिएको छ ।

जिल्लामा पछिल्लो समय सक्रमित घटेसँगै निको हुनेको संख्या बढेको छ। स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका अनुसार बुधबारसम्म जिल्लामा सक्रिय सङ्क्रमितको संख्या १३० पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार