जनभेटघाटमै चौरजहारी काँग्रेस, दर्जनौ कार्यकर्ता प्रवेश

जनभेटघाटमै चौरजहारी काँग्रेस, दर्जनौ कार्यकर्ता प्रवेश

चौरजहारी । नेपाली काँग्रेस चौरजहारी नगरकार्यसमितिले नियमित जनभेटघाट अभियान अन्तर्गत आज नगरपालिकाको वडा नम्वर १० मा कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली काँग्रेसका कर्णाली प्रदेश महामन्त्री कृष्ण बहादुर रोकायको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा स्थानीय तहको चुनाव केन्द्रित रहेको बताइएको छ ।

कार्यक्रममा महामन्त्री रोकायले रुकुमको चुनावी परिणामले केन्द्रिय राजनीतिमा तरंग ल्याउने भएकोले जित सुनिश्चित हुने गरी चुनाव केन्द्रित हुन निर्देशन गर्नुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश सदस्य सीता ओली, महासमिति सदस्य मनिषा भण्डारी, मनमोहन शाह, नगर सभापति प्रेमबहादुर ओली, नगर सचिव लक्ष्मण ओलीले आफ्ना भनाई राख्नुभएको थियो ।

कार्यक्रममा दर्जनौ एमाले र माओवादी कार्यकर्ताले नेपाली काँग्रेसमा प्रवेश गरेको नगरसमिति सचिव लक्ष्मण अ‍ोलीले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार