मुसिकोटमा काँग्रेसका वडा सभापतिहरुको चुनाव केन्द्रित भेला सम्पन्न

मुसिकोटमा काँग्रेसका वडा सभापतिहरुको चुनाव केन्द्रित भेला सम्पन्न

मुसिकोट । नेपाली काँग्रेस मुसिकोट नगर समितिले शुक्रबार खलंगामा नगर भित्रका वडा सभापतिहरुको भेला गरेको छ ।

स्थानीय तहको चुनावको मिति घोषणासँगै चुनावी अभियानलाई सशक्त रुपले चलाउन भेला बोलाईएको नगर सभापति प्रेमबहादुर ओलीले जानकारी दिनुभयो । नगर समितिको कार्यालयमा भएको भेलामा आसन्न स्थानीय तहको चुनावमै सेरोफेरोमा केन्द्रित बनाईएको समेत सभापति ओलीले जानकारी दिनुभयो ।

भेलामा पार्टीका सबै भातृ संगठनहरु टोल स्तरमा गठन तथा पुनर्गठन गर्ने, कार्यालय सञ्चालन गर्ने र चुनावी अभियान सत्तचालन गर्ने बिषयमा महत्वका साथ छलफल गरिएको सभापति ओलीले बताउनुभयो ।

आजको भेलामा नगरका १४ ओटै वडाका सभापतिहरुले वडामा नेपाली काँग्रेसको राजनीतिक अवस्था र अव चाल्नुपर्ने कदमको बिषयमा आ आफ्नो धारणा राख्नुभएको नगर समिति सचिव सुर्य प्रकाश शर्माले बताउनुभयो ।

वडास्तरबाटै काँग्रेसको जित सुनिश्चत गर्नलाई बिभिन्न आन्तरिक कार्यहरुलाई निरन्तता दिने छलफल समेत भएको सचिव शर्माले जानकारी दिनुभयो ।

नगर सभापति प्रेमबहादुर ओलीको अध्यक्षतामा सम्पन्न भएको भेलामा नेपाली काँग्रेसका कर्णाली प्रदेश महामन्त्री कृष्णबहादुर रोकाया, जिल्ला उप सभापति सुरतजंग मल्ल, कोषाध्यक्ष मोहबिर खड्का, प्रदेश निर्वाचन क्षेत्र ‘क’ का सभापति महेन्द्र केसी लगायतका अतिथिहरुको आथित्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार