काँग्रेस रुकुमले भन्यो : बालकृष्ण भाट काँग्रेस जिल्ला सदस्य होईनन

काँग्रेस रुकुमले भन्यो : बालकृष्ण भाट काँग्रेस जिल्ला सदस्य होईनन

नेपाली काँग्रेस रुकुम पश्चिमको पार्टि कार्यालय ।

मुसिकोट । नेपाली काँग्रेस रुकुम पश्चिमले आइतबार माओवादी केन्द्रमा प्रवेश गर्नुभएका बालकृष्ण भाट नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य नरहेको बताएको छ।

सोमबार नेपाली काँग्रेस रुकुम पश्चिमले एक प्रेस विज्ञप्ती जारी गर्दै भाटलाई नेपाली काँग्रेसको जिल्ला सदस्य भनेर सामाजिक संजाल तथा विभिन्न सञ्चारमाध्यममा आएको समाचार प्रति नेपाली काँग्रेस रुकुम पश्चिमले आपत्ति जनाएको छ।

नेपाली काँग्रेसका जिल्ला सदस्य बालकृष्ण भाट माओवादीमा प्रवेश भनेर सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट अतिरञ्जित रूपमा हिजो प्रचार गरिएको समाचार सोही कुचेष्टाको पछिल्लो कडीको रूपमा देखा परेको पार्टि उपसभापति हर्क सिं खत्री द्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ निज भाट हाम्रो पार्टीको जिल्ला सदस्य नरहेको प्रष्ट पार्दछौँ । उनको आयाराम गयाराम शैली विगतको स्थानीय निर्वाचन ताका समेत देखिएकै हो । पार्टीले मौका दिँदा संगठन प्रति प्रतिबद्ध हुने भन्दा पनि सत्ताको चास्नीमा डुब्न रमाउनेहरूले अन्ततोगत्वा जुन ठाउँमा गए पनि राजनीतिक प्रदुषण बढाउने मात्रै हुन् ।

उता माओवादी केन्द्र चौरजहारी नगरपालिकाले आइतबार जनयुद्ध दिवसको अवसरमा चौरजहारीमा आयोजना गरेको कार्यक्रममा एमालेका प्रदेश कमिटी सदस्य ऋषिप्रसाद शर्मा, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य बालकृष्ण भाट, अनेरास्ववियुका पूर्व जिल्ला कमिटी सदस्य दीपक केसी लगायत १८ जनाले माओवादी केन्द्रमा प्रवेश गरेको जनाएको छ ।

नेपाली काँग्रेस रुकुम पश्चिम द्धारा जारी प्रेस विज्ञप्ती : 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार