कांग्रेसको चुनावी अभियान- ‘घरघर जाऔं, कांग्रेस जिताऔं’

कांग्रेसको चुनावी अभियान- ‘घरघर जाऔं, कांग्रेस जिताऔं’

फाईल तस्बीर

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान चलाउने भएको छ । पार्टीका सबै संरचनालाई स्थानीय निर्वाचनमा केन्द्रीत गर्ने निर्णय गर्दै कांग्रेस कार्यसम्पादन समितिको बैठकले एक महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आगामि फागुन २० देखि चैत २० गतेसम्म देशैभरी सो अभियान सञ्चालन हुनेछ । ‘हामीले स्थानीय निर्वाचन लक्षित अभियान गर्ने निर्णय गरेका छौं । यो अभियानको नाम घरघर जाऔं , कांग्रेस जिताऔं हुनेछ’, महतले भन्नुभयो ।

बैठकले स्थानीय निर्वाचनको घोषणापत्र लेख्ने लगायतका आवश्यक समिति परामर्शमा गठन गर्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार