बिरामी बोकेर अस्पताल पुर्‍याउने प्रहरी जवान प्रदेश कार्यालयबाट पुरस्कृत

बिरामी बोकेर अस्पताल पुर्‍याउने प्रहरी जवान प्रदेश कार्यालयबाट पुरस्कृत

मुसिकोट । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम अन्तर्गत सर्केना प्रहरी चौकी खोलागाउँमा कार्यरत प्रहरी जवानद्वय स्वयम प्रकाश हमाल र दलबहादुर बुढाले एक बृद्ध बिरामी बोकेर अस्पताल लैजादै गरेको तस्बिर सार्वजनिक भएपछि अहिले उनीहरुको प्रशंसा भएको छ ।

मंगलबार जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर ११ का १ सय २ बर्षिय बृद्ध जसबिर ओलीलाई आलोपालो गर्दै पिठ्युमा बोकेर प्रहरी जवानद्वय हमाल र बुढाले अस्पताल पु¥याएका हुन् ।

वडा नम्वर ११ का वडा अध्यक्ष मनमोहन शाहका अनुसार ढाडको बिरामी रहनुभएका ओलीलाई गस्तिमा गएका प्रहरी जवानद्वयले बोकेर वडा नम्वर १० मा रहेको सहिद स्मृति अस्पताल पु¥याएका हुन् ।

प्रहरी जवानद्वय हमाल र बुढालाई कर्णाली प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । प्रहरी निरीक्षक शर्माका अनुसार दुबै जनालाई प्रदेश प्रहरी कार्यालयबाट जनहि एक हजार पाँच सय रकमबाट पुरस्कृत गरिएको हो ।

प्रहरी आफैंले पिठ्यूँमा बोकेर वृद्धलाई उपचारका लागि अस्पताल पु¥याएर आफन्तलाई खबर गरेको बताइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार