स्थानीय तहको चुनावमा उम्मेदवारहरूले १३ दिन मात्रै प्रचार गर्न पाउने

 स्थानीय तहको चुनावमा उम्मेदवारहरूले १३ दिन मात्रै प्रचार गर्न पाउने

काठमाडौँ । आगामी स्थानीय तहको चुनावमा उम्मेदवारहरूले १३ दिन मात्रै चुनावी प्रचार गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ । र दावी विरोध लगायत कार्य सकेर वैशाख १५ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ ।

उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएपछि चुनावी प्रचारको समय सुरु हुन्छ ।

र चुनाव हुने दिनभन्दा ७२ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुन्छ । अर्थात, उम्मेदवारहरूले बैशाख २८ गतेसम्म मात्रै चुनावी प्रचार गर्न पाउनेछन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार